News Griha :: न्यूजगृह
शान्ति सुरक्षाका लागि डाक्टरसँग स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा विकास गर्नु सबैको दायित्व भएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चिकित्सकमाथि हुने गरेको दुर्व्यवहारको सम्बन्धमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्यसँग सम्बन्धित संघ संस्थासँगको छलफलमा उनले सो कुरा बताएका हुन्  ।

उनले भने,‘शान्ति सुरक्षाको हिसाबले यो क्षेत्रलाई व्यवस्थित गर्न हामी सबैको दायित्व हो ।’ उनले स्वास्थ्य क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न स्वास्थ्यकर्मी र गृह मन्त्रालयको समन्वयमा स्वास्थ्य मन्त्रालयले आवश्यक समन्वय गरिरहेको  पनि रहेको बताए

‘स्वास्थ्य मन्त्रालयले आफ्नो अभियान अगाडि बढाएको छ, जसमा सम्बन्धित डाक्टरसँग समन्वय पनि रहेको छ । गृह मन्त्रालय पनि अगाडि बढेको छ,’ उनले भने । 

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:३२
Weather Update