News Griha :: न्यूजगृह
भ्रमपूर्ण सूचना आतंक बढेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक वृद्धि भएसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन् ।

‘अनलाइन स्पेस’ लाई सुरक्षित बनाउँदै सूचनाको संरक्षण र सही रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले सूचना प्रवाहलाई विश्वसनीय बनाउनुपर्ने बताइन् ।

बिहीबार सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् मन्त्री शर्माले ‘अनलाइन स्पेस’ को विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको दाबी गरिन् ।

उनले भनिन्,‘अनलाइन स्पेसको विकाससँगै भ्रमपूर्ण सूचना आतंक बढ्न थालेको छ । यो पनि  सूचनाको हकको सन्दर्भमा चुनौतीपूर्ण विषय हो । यसले नागरिकको सत्य जान्ने अधिकारलाई कुण्ठित गर्छ ।’

मन्त्री शर्माका अनुसार ‘अनलाइन स्पेस’ लाई सुरक्षित बनाउनको लागि कानुनी र संस्थागत प्रयास गरिरहेको छ । सरकारले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा निती, २०८० जारी गरेको गरेको उनले जानकारी दिइन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:०२
Weather Update