सुन आयातको कोटा बढ्यो, अब बैंकहरूले दैनिक २० किलोसम्म आयात गर्न पाउने
काठमाडौं— दैनिकरूपमा आयात गर्न सकिने सुनको परिमाण २० किलो कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो । योसँगै अब बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउनेछन् ।
विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक २० बाट १० किलोमा झारेको थियो । सुनचाँदी व्यवसायीले आयातको कोटा बढाउनुपर्ने माग राख्दै आएका थिए ।
प्रकाशित मिति: बुधबार, असोज १०, २०८० १९:५२