काठमाडौं— नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको वृद्धि भएकोमा बुधबार भने दोहोरो अंकले नै गिरावट आएको छ ।
मंगलबार १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको थियो । बुधबार नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।
बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढी रहेको हाइड्रोपापावर उपसूचक बुधबार भने भने सर्वाधिक गिरावट भएको हो ।
हाइड्रोपावर उपसूचक १.५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.४२ प्रतिशत, व्यापार उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.३८ प्रतिशतले गिरावट भएको हो ।
बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
सन् नेपाल लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।
बुधबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको शेयर कारोबार भएको छ । १९३ कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।
यस्तै ३४ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये मनकामना इन्जिनियरिङ हाइड्रोपावरको शेयर मूल्य ९.९० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरको शेयर मूल्य ७.९१ प्रतिशत र मोलुङ हाइड्रोपावरको शेयर मूल्य ७.६० प्रपतिशतले वृद्धि भएको छ ।
लक्ष्मी भ्यालु फण्ड २ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा शुभम् पावर कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर मूल्य ७.६३ प्रतिशतले घटेको छ ।