News Griha :: न्यूजगृह
प्रधानमन्त्री–मन्त्रीकाे विदेश भ्रमणले खर्च बढायो : योगेश भट्टराई

काठमाडौं— सार्वजनिक लेखा समितिका सदस्य योगेश भट्टराईले प्रधानमन्त्री–मन्त्रीको विदेश भ्रमणसँगै खर्च पनि बढेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विदेश भ्रमणका क्रममा जम्बो टोल जाँदा यसले खर्च बढाएको बताएका हुन् ।

‘प्रधानमन्त्रीको टोली होस् वा मन्त्रीको हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छन्’ भट्टराईले भने,‘यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउने कतिपय कार्यक्रममा मन्त्री उपस्थित हुने, सचिव जाने साथै तीन दिनको कार्यक्रमलाई १० दिनको बनाउने र विदेशमा गएर आफन्त भेट्ने आफ्ना निजी काम गर्ने चलनले सााधरण खर्च अत्यधिक रुपमा बढेको छ ।

कोभिड–१९ महामारी पछिको अवस्थामा थुप्रै अन्तर्राष्ट्रिय बैठक  अनलाइनबाट भइरहेको र विभिन्न मुलुकका राष्ट्रपति प्रधानमन्त्रीले अनलाइनमार्फत छलफल गरिरहेको तर नेपालबाट प्रत्यक्ष उपस्थिति भइरहेको उनले बताए ।

उनले यसका लागि परराष्ट्र र अर्थ मन्त्रालयलाई बोलाएर विदेश भ्रमणको ६–७ महिनाको स्थिति के छ र त्यसको प्रतिफल के आयो भनेर छलफल गर्न आवश्यक भएको बताए ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:३९
Weather Update