News Griha :: न्यूजगृह
सङ्खुवासभामा उत्पादित अल्लोको कपडा अमेरिका निर्यात
सङ्खुवासभामा उत्पादित अल्लोको कपडा अमेरिका निर्यात  सङ्खुवासभामा उत्पादित अल्लोले रोजगारीसँगै आम्दानी पनि बढाएको छ । कोसेलीका रूपमा परिचित अल्लोको कपडाको माग देश–विदेशमा समेत बढेको छ ।उनीहरूले गर्ने उद्यमको माग बजारमा दिनप्रतिदिन बढिरहेको छ । अल्लो व्यवसायले धेरैलाई रोजगारसमेत बनाएको छ । अल्लो उद्योगमा स्थानीयले रोजगारी प्राप्त गरेको सभा नेपालकी कृष्णकुमारी राईले जानकारी दिइन् ।
मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची]
मावि अंग्रेजी विषयको नतिजा सार्वजनिक [सूची] शिक्षक सेवा आयोगले माध्यमिक तह,तृतीय श्रेणी अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।
संसदमा शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै
संसदमा शिक्षा विधेयक निर्णयार्थ प्रस्तुत गरिँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस्’ प्रस्तावलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने भएका छन् । 
दसैँका लागि नयाँ नोट सटही असोज २९ बाट
दसैँका लागि नयाँ नोट सटही असोज २९ बाट राष्ट्र बैंकका अनुसार दसैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ । राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ । 
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति 
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति  जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ ।
अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु
अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली परकम्प महसुस गरिएको थियो । अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए । सो भुकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व
सुक्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्व पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको छ । 
जनकपुरको बिग मार्टमा आगलागी
जनकपुरको बिग मार्टमा आगलागी जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोकमा रहेको मार्टमा राति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाँले जानकारी दिए ।
इजरायल घटनापछि सम्पर्कविहीन ३ नेपालीको खोजी जारी
इजरायल घटनापछि सम्पर्कविहीन ३ नेपालीको खोजी जारी इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 
आज असोज कृष्ण नवमी तिथि, कुन राशि हुनेलाई कस्तो लाभ ? 
आज असोज कृष्ण नवमी तिथि, कुन राशि हुनेलाई कस्तो लाभ ?  असोज २१ गते आइतबार । असोज कृष्ण नवमी तिथि । पञ्चाङ्ग शिव गर पुष्य । दशमी श्राद्ध । तपाईंको राशिफल हेर्नुहोस् ।
बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा
बेलायत भ्रमणमा जाँदै प्रधानसेनापति शर्मा प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आज बेलायत जाँदै छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् । भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता हुनेछ ।
Weather Update