कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा शनिबार, असोज २०, २०८०

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने शनिबार, असोज २०, २०८० कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो । एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।

प्रधानमन्त्रीको दाबी— लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ शनिबार, असोज २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले विभिन्न कोणबाट सङ्घीयतामा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मको भइरहेको बताएका हुन् ।

हिक्मत कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय शनिबार, असोज २०, २०८० गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

विश्वकप क्रिकेट : बंगलादेशसँग अफगानिस्तान १५६ रनमा अलआउट शनिबार, असोज २०, २०८० धर्मशाला क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ३७.२ ओभरमा १५६ रन बनाउँदै अल आउट भएको हो । अफगानिस्तानका ओपनर रमनुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।
धार्मिक द्वन्द्वको प्रयास समयमै नियन्त्रण गर्नु आवश्यक छ : कांग्रेस नेता केसी शनिबार, असोज २०, २०८० स्थानीय सरकार अपेक्षा र अवस्था, विषयका पुस्तक विमोचन कार्यक्रममा उनले स्वधर्ममा विश्वास गर्ने नेपालमा धार्मिक द्वन्द्वको प्रयास भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताए । अहिले राष्ट्रिय आवश्यकता अराजकता नियन्त्रण नै भएको केसीले बताएका छन् ।

प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता, सरकारका कामको समीक्षा शनिबार, असोज २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेपालले जानकारी दिए । शनिबार सिंहदरबारमा भएको भेटमा सरकारलाई प्रभावकारी बनाएर लैजानेदेखि वर्तमान आर्थिक, सामाजिक अवस्था र गठबन्धन सरकारको अभियान लगायतका विषयमा छलफल भएको भेटपछि सञ्चारकर्मीलाई...

स्वास्थ्यमन्त्री बस्नेत भन्छन्— स्वास्थ्य क्षेत्रमा परिवर्तन गर्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक छ शनिबार, असोज २०, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नभइ स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन नहुने बताएका छन् ।नेपाली कांग्रेस मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसके पाँच वर्षपछि नेपालमा डाक्टरहरु नरहने भन्दै विदेश पलाएन हुने अवस्था देखिएको बताए ।

एसियाली खेलकुद : महिला भलिबलमा नेपालको सान्त्वना जित शनिबार, असोज २०, २०८० चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपालले महिला भलिबलमा सान्त्वना जित हासिल गरेको छ ।नेपालले मंगोलियालाई ३–२ सेटले पराजित गरेको हो । जितसँगै नेपाल जारी प्रतियोगितमा ११औँ स्थानमा रहन सफल भएको छ । महिला भलिबलमा १३ मुलुक सहभागी भएका थिए ।आजको खेलमा पहिलो सेट मंगोलियाले २५–१७ अंकले जित्यो...

४ दिनमा बझाङ केन्द्रबिन्दु भएर १५ पटक भूकम्प शनिबार, असोज २०, २०८० बझाङ केन्द्रबिन्दु भएर आज दिउँसो ११ बजेर ४५ मिनेटमा ५.३ र १२ बजेर ३२ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।आजको भूकम्प गत मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर गएको ६.३ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रचण्डलाई शेखरले भने— सच्चिनुपर्यो कि सरकार छोड्नुपर्यो, अरु विकल्प छैन शनिबार, असोज २०, २०८० नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको भन्दै सरकारलाई बाटो खाली गर्न आग्रह गरेका छन् ।कोइरालाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सच्चिनुपर्ने आवश्यकता औंल्याए ।

बझाङमा फेरि गयो भूकम्प शनिबार, असोज २०, २०८० बझाङ केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ । शनिबार मध्यान्ह ११:४५ बजे बझाङको भाटेखोला नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

उपभोक्ताको रोजाइमा मुस्ताङको स्याउ नै किन ? शनिबार, असोज २०, २०८० मुस्ताङको स्याउ भित्रिन थालेपछि बाग्लुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बाग्लुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ ।अधिकांश उपभोक्ताले मुस्ताङको स्याउ खोज्ने भएकाले अन्य स्याउको तुलनामा असोज लागेपछि यसको कारोबार बढी हुन थालेको फलफूल व्यापारी शंकर...









