News Griha :: न्यूजगृह
प्रधानमन्त्रीको दाबी— लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको छ
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने प्रयासहरू भइरहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले विभिन्न कोणबाट सङ्घीयतामा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मको भइरहेको बताएका हुन् । 

उनले भने, ‘अहिले विभिन्न कोणबाट सङ्घीयतामा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने जर्मको भइरहेका छन् । यस्तो अवस्थामा हामी पुस्तक लोकार्पण गरेर स्थानीय तहको बारेमा जनताको र हाम्रो पनि अपेक्षा के हो भनेर चर्चा गरेका छौं ।’ उनले कसले र कोबाट गणतन्त्रमाथि खतरा छ भन्नेबारे भने केही बताएनन् । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १५:०१
Weather Update