कोशी प्रदेश
कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् । विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको हो ।
एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले मुख्यमन्त्रीले राजीनामा दिने बताए ।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि शनिबार प्रदेश सभा बैठक बोलाइएको थियो ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० १५:१५