News Griha :: न्यूजगृह
हिक्मत कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय

काठमाडौं— कोशी प्रदेशमा गठबन्धन दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएका छन् ।  

गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।

माओवादी केन्द्र कोशी प्रदेश सांसद बाबुराम दाहालले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए । 

‘दलहरूको आन्तरिक बैठकले गरेको निर्णय गठबन्धन दलको संयुक्त बैठकले पनि अनुमोदन गरेको हो । यति बुझौँ न गठबन्धन दलले अहिलेको सरकारलाई विश्वासको मत नदिने निर्णय छ,’ उनले भने ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:४६
Weather Update