News Griha :: न्यूजगृह
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ?
आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ? सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । 
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
यी प्रदेशमा हल्का वर्षाको सम्भावना आइतबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
इजरायल घटनामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर [अपडेट]
इजरायल घटनामा ९ जना नेपाली घाइते, २ को अवस्था गम्भीर [अपडेट] इजरायलमा शनिबार प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणमा ९ जना नेपाली घाइते भएका छन् । घाइते ९ मध्ये दुई जनाको अवस्था गम्भीर छ । परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको विज्ञप्तिअनुसार १४ नेपाली कार्यरत रहेको एउटा फार्ममा हमासले आक्रमण गरेको थियो ।
कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय
कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । यस्तो दाबी २६ असोज ९शुक्रबार० अपराह्न ५ बजेभित्र पेश...
कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादी मै रस्साकस्सी
कोशी प्रदेशको मुख्यमन्त्री बन्न कांग्रेस र माओवादी मै रस्साकस्सी नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने अवस्था देखेपछि शनिबार दिउँसो मुख्यमन्त्री पदबाट राजीनामा दिए । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेर राजीनामा गरेपछि अब कोशी प्रदेशमा संविधानको धारा १६८ उपधारा...
मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, ४ करोडको क्षति
मोरङमा प्लाई र केमिकल गोदाममा आगलागी, ४ करोडको क्षति मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो । शनिबार दिउँसो साढे १२ बजेतिर लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा ५ वटा दमकलको सहयोगमा साँझ ५ बजेतिर नियन्त्रणमा लिइएको हो ।
राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : अध्यक्ष लिङ्देन
राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भयो : अध्यक्ष लिङ्देन शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले कर तिरेर ३६ हजारभन्दा बढी जनप्रतिनिधि पाल्नुपर्ने व्यवस्था रहेको भन्दै राजा नहुँदा नेपालको अन्तर्राष्ट्रिय रूपमा नै बेइज्जत भएको दाबी गरेका हुन् ।
एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक
एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो ।
पूर्व आईजीपी खनालको दाबी— राजनीतिक संरक्षण मै अपराध बढ्यो
पूर्व आईजीपी खनालको दाबी— राजनीतिक संरक्षण मै अपराध बढ्यो राजनीतिक संरक्षणमा हुने आपराधिक क्रियाकलापका कारण देशमा शान्ति सुरक्षाको अवस्था जर्जर अवस्थामा पुगेको र समाजमा अपराधले राजनीतिलाई चलाउने गरेको सन्देश गएको उनले दाबी गरे  । शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग उनले जन्मकैद पाएका व्यक्तिलाई सरकारले दिएको आममाफी, ठूला भ्रष्टाचार काण्डमा सरकार पक्षको संलग्नता र ढाकछोप जस्ता विषयले अपराधले राजनीतिलाई चलाउने सन्देश समाजमा...
अफगानिस्तानलाई ६ विकेटले गराउँदै बंगलादेश विजयी 
अफगानिस्तानलाई ६ विकेटले गराउँदै बंगलादेश विजयी  आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै बंगालदेशले विजयी सुरुवात गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य बंगलादेशले मात्र ४ विकेटको क्षतिमा ९२ बल अगावै पछ्याएको हो । बंगलादेशलाई जीत दिलाउन नजमुल होसेन सान्तोले नटआउट ५९ रन बनाए । उनलाई मेहदी हसन मिराजले...
सल्यानमा बस दुर्घटना, २ को मृत्यु
सल्यानमा बस दुर्घटना, २ को मृत्यु सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको यात्रुबाहक बस शनिबार दिउँसो राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका- ३ मूलपानीस्थित वनस्पति कार्यालय नजिकै दुर्घटना भएको हो ।
इजरायलमा हमासको रकेट आक्रमणमा ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा
इजरायलमा हमासको रकेट आक्रमणमा ७ जना नेपाली घाइते, १७ जना घेराबन्दीमा प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए । 
Weather Update