News Griha :: न्यूजगृह
कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न ६ दिनको समय

विराटनगर— कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेशसभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्र्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । 

यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २०:१७
Weather Update