प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं— प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् । संसद् सचिवालयका अनुसार बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०७:३५