News Griha :: न्यूजगृह
ओलीले गरे प्रधानमन्त्री प्रचण्डको कार्यालय अवलोकन
ओलीले गरे प्रधानमन्त्री प्रचण्डको कार्यालय अवलोकन २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । आफ्नो पालामा नयाँ डिजाइनसहित पुनर्निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले प्रचण्डसँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदबार पुगेका ओलीलाई प्रचण्डले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए ।
धनुषामा महिलाको शव भेटियो
धनुषामा महिलाको शव भेटियो घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरिएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए ।  उनले दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने बताए ।  
गृह मन्त्रालयले सबै कारागारमा योग शिविर चलाउने
गृह मन्त्रालयले सबै कारागारमा योग शिविर चलाउने आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो । 
आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई प्रहरीले बाटैबाट फर्कायो, काठमाडौं पस्नै निषेध? 
आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई प्रहरीले बाटैबाट फर्कायो, काठमाडौं पस्नै निषेध?  आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईँलाई गर्दा प्रहरीले अवरोध गरेको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।  स्रोतका अनुसार प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए । पेप्सीकोलाको बाटो हुँदै गौशाला आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो ।...
खैरो हेरोइनसहित काठमाडौंबाट दुईजना पक्राउ
खैरो हेरोइनसहित काठमाडौंबाट दुईजना पक्राउ  पक्राउ पर्नेमा झापाको बुधबारे गाउँपालिका– ५ का ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका–३ का ३९ वर्षीय हरिबहादुर विक छन् ।  भद्रपुरबाट काठमाडौं आइरहेको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र लुकाएर खैरो हेरोइन ल्याइएको...
रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ
रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका– ३३ का ३८ वर्षीय सन्तोष गुरुङसमेत १६ जनालाई गएराति पक्राउ गरेको हो । उनीहरूको साथबाट ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । 
चोरको निसानामा सांसद्का श्रीमती, लुटियो सुनको सिक्री 
चोरको निसानामा सांसद्का श्रीमती, लुटियो सुनको सिक्री  घट्टेकुलोबाट राष्ट्रिय सभा सदस्य महेशकुमार महरा पत्नीको झोला चोरी भएको छ । मंगलबार बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीको साथमा भएको झोला चोरी भएको हो । उक्त झोलामा सुनको सिक्री, मोबाइल रहेको सांसद महराले बताए ।
प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा, प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै
प्रहरी समायोजनमा दबाब दिन सातै प्रदेशका गृहमन्त्री काठमाडौंमा, प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्दै उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर प्रहरी समायोजनको विषय टुंग्याउन ध्यानाकर्षण गराउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई २ बजे र गृहमन्त्री श्रेष्ठलाई साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठले बताए ।
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ? लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।  आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो...
धुलिखेलको एक घरमा आगलागी, ९ लाख बराबरको क्षति
धुलिखेलको एक घरमा आगलागी, ९ लाख बराबरको क्षति मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका– ११ बाँनियाछापस्थित बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । ढुङ्गामाटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन । प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन् । आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।  
उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
उर्लाबारी आगलागी घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कात्तिक २६ गते लक्ष्मीपूजाको दिन उर्लाबारी नगरपालिका– ७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए...
बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूको असन्तुष्टि
बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूको असन्तुष्टि कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रममा उनीहरूले असन्तुष्टि जनाएका हुन् । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।
Weather Update