धुलिखेलको एक घरमा आगलागी, ९ लाख बराबरको क्षति

काठमाडौं— काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ ।
मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका– ११ बाँनियाछापस्थित बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । ढुङ्गामाटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन । प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन् । आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जौँ, घाँस, खाद्यान्न, भाँडाकुँडा, पराल र गाईगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० १०:५८













