पर्साबाट विभिन्न ब्राण्डका चकलेट बरामद मंगलबार, मंसिर १२, २०८०

अचम्म तर सत्य : किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या ? मंगलबार, मंसिर १२, २०८० दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ । अचम्म त के छ भने त्यहाँको जनसङ्ख्याको १९ देखि ३४ वर्ष उमेर समूहको संख्या आजको ३० वर्षपछि आधाले घट्ने दाबी गरिएको छ । सोमबार सार्वजनिक एक अनुसन्धान प्रतिवेदनमा यो तथ्य उल्लेख छ ।

हिमशृङ्खलाका मनमोहक दृश्य मंगलबार, मंसिर १२, २०८०

रूख काट्नेलाई पोखरा महानगरले गर्यो कारबाही मंगलबार, मंसिर १२, २०८० पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रूख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८ न्यूरोडमा सडक छेउमा हुर्किएको रूख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएको रूख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन, २०८० मा भएको व्यवस्थाअनुसार कारबाही गरिएको महानगरपालिकाले जनाएको छ । पसल...

हमास र इजरायलबीच युद्धविराम २ दिन थप मंगलबार, मंसिर १२, २०८० इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका लागि मानवीय युद्धविराम लम्ब्याउने सहमति भएको बताए । द्वन्द्वरत पक्षबीच चार दिने युद्धविरामको अन्तिम दिन घोषणा गरिएको हो...

रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी मंगलबार, मंसिर १२, २०८० गत कात्तिक १७ गते राति रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् । त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका...

१४ केजी गाँजासहित ३ जना पक्राउ मंगलबार, मंसिर १२, २०८० खप्तड छान्ना गाउँपालिका- ७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई पक्राउ गरेको हो ।

कहाँ कहाँ छ वर्षा र हिमपातको सम्भावना? मंगलबार, मंसिर १२, २०८० जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौंबाट स्पा सेन्टरका सञ्चालक पक्राउ सोमबार, मंसिर ११, २०८० रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

कोरोना सङ्क्रमणविरुद्धको बुस्टर डोजका लागि थप साढे तीन लाख खोप आयो सोमबार, मंसिर ११, २०८० कोरोना भाइरसको सङ्क्रमण विरुद्धको थप खोप आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो ।

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : सभापति देउवा सोमबार, मंसिर ११, २०८० नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कसैले चाहदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा सोमबार आयोजित एक कार्यक्रममा सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र नआउने बताएका हुन् ।

नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु सोमबार, मंसिर ११, २०८० छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो । छिमेकीको घरमा नाति कृष्णबहादुरले कोदो चुटिरहेका बेला हजुरबुबा लक्ष्मण पनि त्यहाँ पुगेका थिए ।

ताप्लेजुङमा अनेरास्ववियुका नेतामाथि खुकुरी प्रहार सोमबार, मंसिर ११, २०८० सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका ४ पाथीभरा होटल नजिकै विवेक बानियाँमाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कँडेलले जानकारी दिए ।









