कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री आज यूएई जाने बुधबार, मंसिर १३, २०८०

काठमाडौं महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने बुधबार, मंसिर १३, २०८० महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने जनाएको हो ।

यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात बुधबार, मंसिर १३, २०८० जसको प्रभावले हाल देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

५५ इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरेनन्, कम्पनीलाई कारबाहीको चेतावनी मंगलबार, मंसिर १२, २०८० सरकारको निर्णय अनुसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लेख गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ । साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ ।

काठमाडौंमा भूकम्पको धक्का मंगलबार, मंसिर १२, २०८० राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लामा महसुस गरिएको थियो ।

पशुलाई दौडाउँदै बली दिने डौठेगडाको मेला मंगलबार, मंसिर १२, २०८० सिकिन्दरले वरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फाले । सकुशल नदी तरे । पौडी खेल्न नजान्ने खड्काले आफू तरेर पारी जान सके डौठेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए। सहजै नदी पार गरेपछि गाउँमा फर्किएर उनले डौठेगडामा दौडाउँदै राँगाको बली दिए । मेला यही किंवदन्तीमा आधारित रहेको जनविश्वास छ...

३० हजार घूससहित नेपाल प्रहरीका सई पक्राउ मंगलबार, मंसिर १२, २०८० इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् । लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो ।

सेनाको हेलिकप्टरमार्फत गर्भवतीको उद्धार मंगलबार, मंसिर १२, २०८० गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो । गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौं पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए ।

आचार्य श्रीनिवासलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाइयो मंगलबार, मंसिर १२, २०८० मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा सोमबार गौशाला क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका धर्मगुरु बताउने आचार्य श्रीनिवासलाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा चलाएको छ ।
![बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित]](https://newsgriha.com/uploads/posts/bottlers-nepal-1701177280.jpg)
बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित] मंगलबार, मंसिर १२, २०८० यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ । कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।

प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुंग्याउन गृहमन्त्रीलाई सातै प्रदेशको ध्यानाकर्षण मंगलबार, मंसिर १२, २०८० भेटघाटमा आन्तरिक मामिला मन्त्रीहरू बागमतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्णबहादुर जीसी र सुदूरपश्चिममा शिवराज भट्ट सहभागी थिए । यस्तै गण्डकीकी ऊर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्दै मंगलबार, मंसिर १२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डीपी अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको रास्वपाका एक नेताले बताए ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्व पदाधिकारीको बैठक मंगलबार, मंसिर १२, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे सभापति देउवा निवास धुम्बाराहीमा बैठक बस्ने भएको छ ।









