News Griha :: न्यूजगृह
५५ इन्टरनेट सेवा प्रदायकले टिकटक बन्द गरेनन्, कम्पनीलाई कारबाहीको चेतावनी

काठमाडौं— नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ ।

सरकारको निर्णय अनुसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लेख गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ ।  साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ । 

‘संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ । सरकारले गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गराउने निर्णय गरेको थियो ।  

सोही बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट निर्देशन  दिइसकेको प्राधिकरणले बताएको छ ।

अनुमतिपत्र प्राप्त सेवा प्रदायकबाट हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएकोले भन्दै सो विषयमा जानकारी गराउन भनेको हो ।

यी हुन इन्टरनेट कम्पनी

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २१:२७
Weather Update