सैनिक विशेष अदालतको अध्यक्षमा पौडेल बुधबार, मंसिर १३, २०८०

भूकम्प प्रभावित क्षेत्रको अस्थायी आवास निर्माणमा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय बुधबार, मंसिर १३, २०८० सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय भएको हो ।

निरन्तर बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार? बुधबार, मंसिर १३, २०८० सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय बुधबार, मंसिर १३, २०८० सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाइ अर्थात् २० सांसद आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन् । २०७४ सालमा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छ वर्षे कार्यकालका लागि गोला प्रथाका माध्यमबाट निर्धारण भएका सबै सांसदको कार्यकाल सकिँदै छ ।

गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण बुधबार, मंसिर १३, २०८० मूल्यसूची नदेखाउने र बिलबिजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले २० हजार रुपैयाँका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधीनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका...

सुत्केरीको मृत्युपछि आम्दा अस्पतालमा तनाव, आफन्तले कुटे डाक्टर बुधबार, मंसिर १३, २०८० बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ । बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ...

एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा बुधबार, मंसिर १३, २०८० ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गराएका छन् ।

सभापति निवासमा कांग्रेसका पूर्व र वर्तमान पदाधिकारीको बैठक बस्दै बुधबार, मंसिर १३, २०८० बुधबार दिउँसो १ बजे आफ्नै निवासमा बस्ने बैठकमा सभापति देउवाले वर्तमान र पूर्व पदाधिकारीहरूसँग राष्ट्रिय राजनीतिको ताजा अवस्थाका बारेमा छलफल गर्नेभएका हुन् । गणतन्त्रको विकल्प खोज्दै विरोध प्रदर्शन भएका सन्दर्भमा सभापति देउवाले गणतन्त्रको विकल्प नरहेको बताउँदै राजसंस्था पुनर्स्थापनाको सम्भावना छैन भनेर चितवनमा भनिसकेका छन् ।

तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु बुधबार, मंसिर १३, २०८० जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका– ९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षका टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो । राईको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको...

माछापुच्छ्रे हिमाल बुधबार, मंसिर १३, २०८०

पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो बुधबार, मंसिर १३, २०८० प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ ।

रुस—युक्रेन युद्धमा मारिने नेपाली चार पुगे बुधबार, मंसिर १३, २०८० मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए ।

रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु बुधबार, मंसिर १३, २०८० रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ ।









