News Griha :: न्यूजगृह
तनहुँमा बस दुर्घटना, २ जनाको मृत्यु
तस्बिर : कृष्ण न्यौपाने

तनहुँ— ब्यास नगरपालिका— २ घाँसीकुवामा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान पौने ६ बजे  धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग सडकखण्डको घाँसीकुवमा  सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाको सागुरीगढी गाउँपालिका– ९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षका टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको हो । राईको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको डीएसपी खाणले जानकारी दिए ।  

दुर्घटनामा परी चालकसहित ३६ जना घाइते छन् । घाइतेहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र तनहुँको रत्नहरि मेमोरियल अस्पताल उपचार भइरहेको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:२८
Weather Update