News Griha :: न्यूजगृह
एनएसएल लिग : आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा

काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई अपराजित टोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि भएको पहिलो खेलमा दुवै टोलीले जित निकालेका थिए । अपराजित दुवै टोली आज लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छन् ।

ललितपुरले पहिलो खेलमा बुटवल–लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको थियो भने पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको थियो । दुवै टोलीले आफ्नो टिममा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गराएका छन् ।

पोखरा र ललितपुरबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सुरु हुनेछ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १०:१६
Weather Update