एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु बिहीबार, मंसिर १४, २०८०

भूकम्पको पीडा : पालमुनि बस्दै आएकी बालिकाको मृत्यु बिहीबार, मंसिर १४, २०८० कुशे गाउँपालिका–१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षाको चिसोको कारण बुधबार राति मृत्यु भएको हो । निमोनियाका कारण बालिकाको मृत्यु भएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविकाकुमारी सिंहले बताइन् । गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो ।

एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै बिहीबार, मंसिर १४, २०८० साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।

एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आज बैतडीबाट सुरु हुँदै बिहीबार, मंसिर १४, २०८० नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा गर्दैछ । पदयात्रा सुभारम्भका लागि एमाले अध्यक्षसहितका शीर्ष नेता बैतडी पुगिसेका छन् । बिहान साढे ८ बजे अध्यक्ष ओलीले पदयात्राको उद्घाटन गर्ने एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा रक्षामन्त्री खड्का बिहीबार, मंसिर १४, २०८० राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कामको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ ।

विपिन हमासको नियन्त्रणमा, समाचार हेर्दै रात बिताउँछन् बाबुआमा बिहीबार, मंसिर १४, २०८० हमासले पटक-पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाबुआमा साह्रै चिन्तित छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरिरहेका छन् ।

बागमतीसहित यी प्रदेशमा आज वर्षासँगै हिमपात बिहीबार, मंसिर १४, २०८० विभागका अनुसार आज बिहान मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आयल निगम ऋण मुक्त बिहीबार, मंसिर १४, २०८० नेपाल सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुधबार बुझाएसँगै निगम ऋण मुक्त भएको हो । तर निगम पेट्रोलियमको मूल्य समायोजन गर्न इच्छुक देखिँदैन । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले महँगीको मारमा परेका उपभोक्ताले निगम ऋण मुक्त भएसँगै मूल्य समायोजन गर्न माग गरेका छन् ।

दुबईमा कोप–२८ को उद्घाटन आज, नेपालबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागि बिहीबार, मंसिर १४, २०८० जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ ।

यस्तो छ रास्वपाको राजनीतिक धार बुधबार, मंसिर १३, २०८० रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबै प्रकारका संरचनात्मक विभेदविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा उल्लेख छ ।

दिवंगत एमाले नेता भरतमोहन अधिकारीकी छोरी रास्वपाको कोषाध्यक्ष बुधबार, मंसिर १३, २०८० बुधबार सम्पन्न पार्टीको बैठकले एमालेका दिवंगत नेता अधिकारीकी छोरी लीमालाई कोषाध्यक्ष बनाएको हो । गत वर्ष फागुनमा रास्वपा प्रवेश गरेकी लिमा यसअघि रास्वपाको केन्द्रीय सदस्य थिइन् ।

ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए बुधबार, मंसिर १३, २०८० दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले चयन, सहमहामन्त्रीमा सुमना श्रेष्ठ बुधबार, मंसिर १३, २०८० संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाएको छ । पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।









