News Griha :: न्यूजगृह
Current-Landing-pageCurrent-Landing-page
एनएसएलमा आज धनगढी र बुटवल लुम्बिनी भिड्दै

काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ ।

साविक उपविजेता धनगढीले पहिलो खेलमा वीरगञ्ज युनाइटेडलाई २-१ जित हात पार्दा बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।

आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङ गर्नेछन् । यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन् । दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरू छन् । जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले, फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा छन् । यस्तै युरोपियन लिगहरू खेलेका फालो डियाग्ने पनि छन् । 

उता बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:१०
sagarmatha cementsagarmatha cement
Weather Update