नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने बिहीबार, मंसिर १४, २०८०

पर्यटकीय गन्तव्य बन्दै केभहिल बिहीबार, मंसिर १४, २०८० धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ ।...

१८ अङ्कले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट बिहीबार, मंसिर १४, २०८० त्यसैगरी, ६ कम्पनीको शेयरमूल्य स्थिर नै देखिएको छ । रुरु जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ । सोनापुल मिनिरल्स एण्ड आयल कम्पनीको ८ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका तीन कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी...

बाजुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते बिहीबार, मंसिर १४, २०८० मृत्यु हुनेमा मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । उनका अनुसार हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नं को बोलेरो जीप धुलाचौर बजार नजिकै दुर्घटना भएको थियो ।

प्रचण्डकी नातिनीले गरिन् युवा अर्थशास्त्रीसँग इन्गेजमेन्ट बिहीबार, मंसिर १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा दाहाल (पाठक ) विवाह बन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको इन्गेजमेन्ट भएको हो ।प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको इन्गेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए ।

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त बिहीबार, मंसिर १४, २०८० नेपालको संविधानको धारा २८२ को उपधार १ बमोजिम राष्ट्रपति पौडेलले राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको लागि र राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । तामाङ दक्षिण अफ्रिकाका लागि र सुवेदी स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत हुन् ।

गैँडाको खागसहित तस्कर पक्राउ बिहीबार, मंसिर १४, २०८० चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित तस्कर पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिणपूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज...

ओमनमा अलपत्र युवतीको उद्धार बिहीबार, मंसिर १४, २०८० वैदेशिक रोजगारीका सिलसिलामा ओमन पुगेकी मेचीनगर नगरपालिका–१५ घर भएकी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ ।
लगातार उकालो लागेको सुनको मूल्यमा 'ब्रेक', आज कतिमा भइरहेको छ कारोबार? बिहीबार, मंसिर १४, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला १ हजार पाँच सय २० रुपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोही मूल्य कायम छ ।

सय वर्ष बाँचेर बिदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर बिहीबार, मंसिर १४, २०८० अमेरिकी चतुर कूटनीतिज्ञ, विदेश मामिलाका विज्ञ तथा नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिञ्जरले एक शताब्दी बाँचेर संसार छाडेका छन् । अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुविकृत व्यक्तिको रुपमा स्थापित हुँदै अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका किसिञ्जरको बुधबार १०० वर्षको उमेरमा निधन भएको हो । सन् १९७० मा, रिपब्लिकन राष्ट्रपति...

प्रहरीले करिब ८ हजार गाँजाका बोट नष्ट गर्यो बिहीबार, मंसिर १४, २०८० प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले ठोरी गाउँपालिका वडा नं ३ र ४ मा खेती गरिएको गाँजा नष्ट गरेको हो । प्रहरीका अनुसार करिब ८ गाँजाका बोट नष्ट गरिएको हो । गाँजा खेतीमा संलग्नको पहिचान गरी समेत गराइएको पनि पर्सा प्रहरीले जनाएको छ ।

नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन् बिहीबार, मंसिर १४, २०८० प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान...
![माटो बिना गरिएको भेडेखोर्सानी खेती [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/vede-khorani-4-1701318097.jpg)
माटो बिना गरिएको भेडेखोर्सानी खेती [तस्बिरहरू] बिहीबार, मंसिर १४, २०८०









