१८ अङ्कले घट्यो नेप्से, तीन कम्पनीको शेयरमूल्यमा नेगेटिभ सर्किट
काठमाडौं— शेयरबजार १८.०६ अङ्कले घटेको छ। घटेको बजारमा १ अर्ब ३२ करोडको कारोबार भएको छ। बजार घटेपनि कारोबारमा सुधार देखिएको छ ।
पछिल्लो तीन कारोबार दिनमा बजार ५१ अङ्कले घटेको छ। सोमबार १९०९ विन्दुमा पुगेको बजार घटेर आज १८५८.५३ विन्दुमा झरेको हो । आज ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ ।
त्यसैगरी, ६ कम्पनीको शेयरमूल्य स्थिर नै देखिएको छ । रुरु जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.६३ प्रतिशतले बढेको छ । सोनापुल मिनिरल्स एण्ड आयल कम्पनीको ८ करोडको कारोबार भएको छ । आज कारोबारमा आएका तीन कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इनर्जी र युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८० १५:३५