News Griha :: न्यूजगृह
प्रचण्डकी नातिनीले गरिन् युवा अर्थशास्त्रीसँग इन्गेजमेन्ट
तस्बिर : सामाजिक सञ्जाल ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी प्रतिभा दाहाल (पाठक ) विवाह बन्धनमा बाँधिने भएकी छन् । युवा अर्थशास्त्री विज्ञानबाबु रेग्मीसँग उनको इन्गेजमेन्ट भएको हो ।

प्रतिभा प्रधानमन्त्री प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी हुन् । मंगलबार भएको इन्गेजमेन्टमा प्रचण्ड पनि सहभागी थिए ।

गोरखा घर भएका विज्ञानबाबु अक्सफोर्ड विश्वविद्यालयमा इकोनोमिक डेभलपमेन्टमा स्नातकोत्तर गर्दैछन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:११
Weather Update