News Griha :: न्यूजगृह
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टीम नेपालसहित नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।  लिग-२ मा नेपाल, नेदरल्याण्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका छन् ।
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक
राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ । त्यस्तै मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक...
न्यायिक समितिको काम निष्प्रभावी
न्यायिक समितिको काम निष्प्रभावी तर रौतहटका स्थानीय तहहरूमा न्यायिक समितिका सदस्यहरू नै कानुनबारे अनभिज्ञ हुँदा न्याय सम्पादन गन्जागोल बनेको छ । दुर्गाभगवती गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका जग्गासम्बन्धी ७२ वटा उजुरीमध्ये ४० वटा मात्र फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा नयाँ दर्ता भएका ८ वटा मुद्दामध्ये ५...
१३ वर्षीया बालिका बलात्कृत, दाजुभाइ पक्राउ
१३ वर्षीया बालिका बलात्कृत, दाजुभाइ पक्राउ झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका–६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 
मापसे गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ
मापसे गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ गोसाइँकुण्ड गाउँपालिका– ५ सानो भार्खुमा ६५ वर्षीय बुवा छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय छोरा गोपाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।  
एक साताको युद्धविराम सकिएसँगै इजरायलले थाल्यो गाजामा आक्रमण
एक साताको युद्धविराम सकिएसँगै इजरायलले थाल्यो गाजामा आक्रमण अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायलमा १२०० मानिसको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा आक्रमण थालेको थियो । हालसम्म गाजामा १५ हजारभन्दा बढीको ज्यान गइसकेको बताइएको छ ।हमासले २४० नागरिकलाई बन्धक बनाएको बताइएको छ । त्यसमध्ये ११० बन्धकलाई ७ दिनको युद्धविरामको अवधिमा रिहा गरिएका छन् ।
बैङ्किङ क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गभर्नर अधिकारी
बैङ्किङ क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गभर्नर अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैङ्किङ क्षेत्रमा समस्या नभएको बताएका छन् । यो क्षेत्रलाई अझ व्यवस्थित गरेर लैजान सकिने पनि उनले बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बैङ्किङ क्षेत्रमा समस्या नभएको भन्दै एक अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए । 
रुकुम पश्चिम र बाजुराका ९ हजार भूकम्पपीडितले पाए २२ करोड, जाजरकोटकाले भने पाएनन् 
रुकुम पश्चिम र बाजुराका ९ हजार भूकम्पपीडितले पाए २२ करोड, जाजरकोटकाले भने पाएनन्  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म कूल ११ हजार नौ सय ९७ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासाको प्रक्रिया अघि बढिसकेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए।
नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी [विज्ञापनसहित]
नेपाल आयल निगमले माग्यो ३१ कर्मचारी [विज्ञापनसहित]  नेपाल आयल निगमले ३१ पदका लागि नयाँ कर्मचारीको माग गरेको छ । निगममा आठौँ तहदेखि श्रेणीविहीन सम्म गरि ३१ जना नयाँ कर्मचारीका लागि दरखास्त माग गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।
आजबाट ‘एनिमल’ हलमा, चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित 
आजबाट ‘एनिमल’ हलमा, चलचित्रले नेपालमा आक्रामक ओपनिङ गर्ने निश्चित  आज देशभरका अधिकांश हलका शो हाउसफुल छन् ।  सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्रमा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् । 
नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घट्यो, कतिमा हुँदैछ कारोबार?
नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार घट्यो, कतिमा हुँदैछ कारोबार? बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ बिहीबार भने स्थिर रहेको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रुपैयाँ घटेको छ ।
घट्यो डिजेल, पेट्रोलको मूल्य
घट्यो डिजेल, पेट्रोलको मूल्य निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटाएको हो । निगमले एलपी ग्यासको मूल्य भने घटाएको छैन । एलपी ग्यास प्रति सिलिन्डर १ हजार ८ सय ९५ रुपैयाँ नै कायम रहेको छ ।
Weather Update