मापसे गरेर बुबाको हत्या गर्ने छोरा पक्राउ

काठमाडौं— रसुवामा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गोसाइँकुण्ड गाउँपालिका– ५ सानो भार्खुमा ६५ वर्षीय बुवा छेवाङ तामाङको हत्या गरेको ४० वर्षीय छोरा गोपाललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी स्याफ्रुबेँसी बाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १३:२७













