News Griha :: न्यूजगृह
पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी र शरणार्थी नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरीतको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मङ्गलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १६:०९
Weather Update