क्रिकेट
विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने
काठमाडौं— आईसीसी एकदिवसीय विश्वकप-२०२७ अन्तर्गतको लिग-२ नेपालबाट सुरु हुने भएको छ । आईसीसी एकदिवसीय मान्यता प्राप्त ८ टीमबीच हुने सिरिज आगामी फागुनबाट सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) जनाएको छ ।
फागुन ५ गतेदेखि नेपालमा हुने पहिलो सिरिजमा घरेलु टीम नेपालसहित नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । लिग-२ मा नेपाल, नेदरल्याण्ड्स, नामिबियासँगै क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका छन् ।
अघिल्लो संस्करणमा नेपाल तेस्रो भएको थियो । अघिल्लो पटक नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएको थिएन विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८० १५:५२