मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो आइतबार, मंसिर १७, २०८०

काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो आइतबार, मंसिर १७, २०८० अहिले काठमाडौंको वायुको तापक्रम १२ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता सात किलोमिटर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौंमा आज न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् पुडासैनीले बताए । उनले भने, ‘काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै चिसो...

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कने आइतबार, मंसिर १७, २०८० जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार साँझ स्वदेश फर्किने भएका छन् ।प्रचण्डले शनिबार कोप-२८ सम्मेलनलाई सम्बोधन गरेका थिए । सो क्रममा उनले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको...

यस्ता छन् काठमाडौं महानगरमा नयाँ स्वास्थ्य केन्द्र आइतबार, मंसिर १७, २०८० काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको गौरवको योजना अन्तर्गत महानगरपालिकाका ३२ वटै वडामा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्ने कार्यक्रम कार्यान्वयनमा लगेको छ । कार्यक्रम अन्तर्गत अहिलेसम्म २४ वडामा पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको काठमाडौं महानगरपालिका, स्वास्थ्य सेवा विभागका विभागीय प्रमुख रामप्रसाद पौडेलले बताए ।

प्यालेस्टाइनीलाई युद्ध क्षेत्र छोडेर जान इजरायलको आग्रह आइतबार, मंसिर १७, २०८० इजरायली सुरक्षा बलले उत्तरी गाजामा रहेका प्यालेस्टिनीहरूलाई युद्ध क्षेत्र छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उत्तरी गाजा क्षेत्रका जलबिया, शुजैया र जिटौनका बासिन्दाहरूलाई गाजाको दराज र तुफाहमा सुरक्षित स्थानमा सार्न प्रवक्ता लेफ्टिनेन्ट कर्नल अविचाय आद्राइले भनेका हुन् ।

करिब २ करोड रुपैयाँ बराबरको टिकट चोरी गरेको घटनामा थप एक पक्राउ आइतबार, मंसिर १७, २०८० जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।

ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र २ छोरा घाइते आइतबार, मंसिर १७, २०८० ट्रकले ठक्कर दिँदा शनिबार तनहुँमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमाद नगरपालिका– ९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनजना घाइते छन् ।
-1701521469.jpg)
आज लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना आइतबार, मंसिर १७, २०८० आज राति गण्डकी, लुम्बिनी र कर्णाली लगायत बागमती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हवाई सुरक्षामाथि प्रश्न कायमै, सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा शनिबार, मंसिर १६, २०८० विद्यमान प्रणालीले क्यानका महानिर्देशकलाई अर्बौं डलरका आयोजनाहरूको टेन्डर जारी गर्न छुट दिइरहेको छ । प्रधानमन्त्री दाहाल र उनका निकट पारिवारिक सदस्यहरूलाई प्रभावमा पारेकै भरमा महानिर्देशक अधिकारीले प्राधिकरणको एकाधिकार जोगाउन सफल भइरहेको बताइन्छ । ठूला लगानीका विमानस्थलको निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको संरचना निर्माण र सुधार कार्यमा पनि अधिकारीको एकछत्त...

कोप–२८ मा प्रधानमन्त्री दाहालले भने- नेपाल अन्यायमा परेको छ शनिबार, मंसिर १६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् । यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् ।
-1701521468.jpg)
सन्दकपुरको सौन्दर्य शनिबार, मंसिर १६, २०८० उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ ।

सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी शनिबार, मंसिर १६, २०८० ‘मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै निजले वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरुसँग मासिक रुपमा रकम उठाइरहेको सूचनाका आधारमा कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ? शनिबार, मंसिर १६, २०८० गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेसन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेसन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख...









