उच्च तथा पहाडी जिल्लामा हिमपात : जनजीवन कष्टकर, किसान हर्षित सोमबार, मंसिर १८, २०८०
सुनको भाउ तोलाको १ लाख २१ हजार नाघ्यो सोमबार, मंसिर १८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

एनसेलको शेयर बिक्रीमा लेखा समितिका नौ प्रश्न, आजियाटाले अझै दिएन जवाफ सोमबार, मंसिर १८, २०८० सार्वजनिक लेखा समितिले निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर बिक्रीप्रति आशंका व्यक्त गरेको छ । समितिले एनसेलको शेयरबिक्रीमा कर छलि भएको आशंका गर्दै आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । एनसेलमा रहेको आजियाटा समूहको शेयरखरिद बिक्री वा स्वामित्व...

इन्डोनेसियाको मारापी हिमालमा ज्वालामुखी विस्फोट, ११ आरोहीको मृत्यु, १२ बेपत्ता सोमबार, मंसिर १८, २०८० स्थानीय अधिकारीहरूका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ‘त्यहाँ २६ जना छन् जसलाई बाहिर निकालिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार...

कोप–२८ : चर्चा हिमालको, नेतृत्व नेपालको सोमबार, मंसिर १८, २०८० मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गरेका थिए । साथै उनले जलवायु परिवर्तनको असर हिमालमा...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ सोमबार, मंसिर १८, २०८० आइतबार दिउँसो बयलकोटीले श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । पवित्राको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव आइतबारै राति पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।

हुम्लामा हिमपात सोमबार, मंसिर १८, २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणः चारजनालाई आज सम्पत्ति शुद्धीकरण विभागमा बुझाइने सोमबार, मंसिर १८, २०८० धरौटी बुझाएका तीनजनासहित साधारण तारेखमा छाड्न आदेश भएका आषिश बुढाथोकीलाई पनि विभागमै बुझाउने तयारी रहेको केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च पदमा रहिसकेका राजनीतिक व्यक्ति देखि सरकारी कार्यालयका उच्च अधिकारी जोडिएको शरणार्थी प्रकरणमा उच्चले यस प्रकरणका अभियुक्त टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशव दुलाल, इन्द्रजित राई, आङटावा शेर्पा, सागर राईलाई...

ललितपुरबाट १५ जुवाडे पक्राउ सोमबार, मंसिर १८, २०८० पक्राउ पर्नेमा सोही गाउँपालिका–१ का २३ वर्षीय सोमराज घ्यावासमेत १५ जना छन् । श्यामको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा वृत्त चापागाँउबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ७३ हजार १ सय १० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो ।

सवारी दुर्घटनामा चालकको मृत्यु सोमबार, मंसिर १८, २०८० गएराति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका– ५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुङ्गेलीले जानकारी दिए।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, महाधिवेशन सार्ने तयारी सोमबार, मंसिर १८, २०८० काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना देखिएको छ । सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यसका...

मकवानपुरमा ट्याक्टर दुर्घटना, चालकसहित २ जनाको मृत्यु सोमबार, मंसिर १८, २०८० मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा– १६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

एटलेटिकोमाथि बार्सिलोना विजयी सोमबार, मंसिर १८, २०८० पोर्चुगाली खेलाडी फेलिक्स एटलेटिकोबाट ऋणमा बार्सिलोना छन् र उनले नै यस खेलमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोना ३४ अंकमा तेस्रो स्थानमा उक्लेको छ । रियल म्याड्रिड र जेरोना समान ३८ अंकमा शीर्ष दुई स्थानमा रहेका छन् । एटलेटिको भने ३१ अंकमा चौथो स्थानमा रह्यो ।









