News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौं— धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१ डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् ।

आइतबार दिउँसो बयलकोटीले श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार गरेका थिए । पवित्राको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव आइतबारै राति पोस्टमार्टमका लागि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।

बलयकोटीलाई आइतबार राति धुनीबेँसी, खानीखोलाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १०:४५
Weather Update