News Griha :: न्यूजगृह
रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन परराष्ट्र मन्त्रालयको अनुरोध
रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन परराष्ट्र मन्त्रालयको अनुरोध सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताए ।
काठमाडौं अदालतले जारी गर्‍यो विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी
काठमाडौं अदालतले जारी गर्‍यो विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरूलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । जिल्ला अदालत काठमाडौंले सोमबार गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेकपाका महासचिव विप्लव, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), माइला लामा, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको...
विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ
विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तीनजनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो 
नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छुटेका तीनजनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो  नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ । सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनलाई विभागमा पुर्‍याइएको हो । 
वीरगञ्ज भन्सारबाट सुकमेल चोरी,  ग्वाटेमालाबाट आएको थियो चोरी भएको ११ कार्टुन सुकमेल 
वीरगञ्ज भन्सारबाट सुकमेल चोरी,  ग्वाटेमालाबाट आएको थियो चोरी भएको ११ कार्टुन सुकमेल  गत अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापटनम् बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए।
विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह
विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउन प्रहरीको आग्रह वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले केही रकम जोगिने प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने व्यक्तिसँग सम्पर्क गरी ‘यो रकम नेपालमा रहेको मेरो परिवार वा आफन्तलाई पाउने गरी पठाई दिनु हुन’ भनी दिने गरेको पाइएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले बताए  । 
दराज ११.११ सेल: ५० लाखले किने सामान
दराज ११.११ सेल: ५० लाखले किने सामान गत कार्तिक २५ गते सार्वजनिक भएको दराज ११.११ सेलमा लाखौँ ग्राहकले करोडौँको छुट पाएको कम्पनीले जानकारी दिएको छ ।  
प्रतिकुल मौसमका कारण भूकम्पपीडितलाई झनै सास्ती
प्रतिकुल मौसमका कारण भूकम्पपीडितलाई झनै सास्ती एक महिनाअघि जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका प्रभावितहरूलाई प्रतिकुल मौसमका कारण मुस्किल परेको छ । सोमबार बिहानैदेखि लगातार परिरहेको सिमसिम पानीका कारण त्रिपालमुनि दैनिकी गुजारी रहेकाहरूलाई जाडोले सास्ती भएको हो । अस्थायी आवास निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको रकम प्राप्त गर्ने...
आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरकेको छ । पक्राउ पर्नेमा ३९ वर्षीय सेहजाद खान छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ४ सय ७२ ग्राम सुन बरामद भएको छ ।
लाभांशको निर्णय ढिलो जानकारी गराउँदा तारागाउँ रिजेन्सी होटल्स कारबाहीमा, शेयर कारोबार स्थगन  
लाभांशको निर्णय ढिलो जानकारी गराउँदा तारागाउँ रिजेन्सी होटल्स कारबाहीमा, शेयर कारोबार स्थगन   तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगित गरिएको जनाएको छ । नेप्सेका अनुसार कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै शेयर कारोबार स्थगित गरिएको हो ।
Weather Update