News Griha :: न्यूजगृह
विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौं— प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

सर्वोच्च अदालतमा सोमबार प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । न्याय परिषद्को यही मंसिर ५ गते बसेको बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत दीपायलका न्यायाधीश टेकनारायण कुँवरलाई अध्यक्ष नियुक्ति गर्न परामर्श गर्ने निर्णय गरेको थियो ।

सो बैठकले सदस्यमा उच्च अदालत जनकपुर, राजविराज इजलासका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर, धनकुटा इजलासका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ, उच्च अदालत विराटनगरका न्यायाधीश रितेन्द्र थापालाई सिफारिस गरेको थियो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:२७
Weather Update