News Griha :: न्यूजगृह
आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरकेको छ ।

पक्राउ पर्नेमा ३९ वर्षीय सेहजाद खान छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट ४ सय ७२ ग्राम सुन बरामद भएको छ ।

बुद्ध एअरको उडानद्वारा नेपालगञ्ज जान लागेका उनलाई जाँच गर्ने क्रममा कार्डबोर्ड पेपर भित्र ३ सय ९ ग्राम र लगेजको पाङ्ग्राभित्र फल्स बटम बनाई लेपन लगाई १ सय ६३ ग्राम गरी उक्त परिमाणको सुन लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:१७
Weather Update