टिकटक प्रतिबन्धविरुद्ध दायर रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा मंगलबार, मंसिर १९, २०८०

पक्राउ पुर्जीविरुद्ध विप्लवद्वारा आन्दोलन घोषणा मंगलबार, मंसिर १९, २०८० मंगलबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी जारी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् । त्यसविरुद्ध मंसिर १९ गते मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रधानमन्त्री चढेको बुद्ध एअरको जहाज जनकपुर अवतरण गर्न नसकेपछि काठमाडौं फर्कियो मंगलबार, मंसिर १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेको बुद्ध एअरको जहाज जनकपुर विमानस्थलमा अवतरण गर्न नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा फिर्ता भएको छ । उक्त जहाजमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि थिए। मंगलबार बिहान ८ः३५ मा त्रिभुवन विमानस्थलबाट उडेको जहाज मौसम खराबका कारण जनकपुर विमानस्थलमा अवतरण गर्न सकेको थिएन ।

तोसिमा कार्कीको प्रस्टीकरण— पार्टी फुट्दैन, कल्पना पनि नगर्नुहोस् मंगलबार, मंसिर १९, २०८० केही दिनअघि पार्टीले विधानमा रहेको व्यवस्था विपरीत पदाधिकारीहरूको चयन गरेको थियो । लगत्तै कार्कीले ‘विधिको शासन ?’ भन्दै आफ्नो सामाजिक सञ्जालमा प्रश्न गरेकी थिइन् । धेरैले उनको यो स्ट्याटस पार्टीको निर्णयप्रति लक्षित रहेको अनुमान गरेका थिए ।

सुन्दर घोडेपानी मंगलबार, मंसिर १९, २०८०

बेपत्ता अहेव मृत फेला मंगलबार, मंसिर १९, २०८० घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका- ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घर भन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।

आगलागीबाट एक जनाको मृत्यु मंगलबार, मंसिर १९, २०८० जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डर पड्किँदा घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थल मै सोमबार साँझ मृत्यु भएको उनले बताए ।

टिकटक प्रतिबन्धविरुद्धका रिटमा आज सुनुवाइ मंगलबार, मंसिर १९, २०८० सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रसिद्ध धार्मिकस्थल पाथीभरा मंगलबार, मंसिर १९, २०८०

पूर्वी नेपालमा हवाई उडान/अवतरण प्रभावित हुनसक्ने मंगलबार, मंसिर १९, २०८० हाल नेपालमा पश्चिमी वायु र भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । देशको पूर्वी भूभागमा बङ्गालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘मिचाउङ’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा बदली आएको छ ।

जंगली हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा ३ जनाको मृत्यु मंगलबार, मंसिर १९, २०८० मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ-३ का ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए । साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा सोमबार बिहान हात्तीले आक्रमण गरेको थियो ।

आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात मंगलबार, मंसिर १९, २०८० जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ।

एनसेलको शेयर खरिदबिक्रीमा शङ्कै शङ्का सोमबार, मंसिर १८, २०८० दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको शेयर स्वामित्व खरिदबिक्री विवाद र शङ्काको घेरामा परेको छ । मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको छ ।









