News Griha :: न्यूजगृह
आगलागीबाट एक जनाको मृत्यु 

काठमाडौं— आगो ताप्ने क्रममा काठले बारेको जस्तापाताको छानो भएको एकतले घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका– ८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले घरभित्र आगो बाली ताप्ने क्रममा आगलागी भई एलपी ग्यास सिलिन्डर पड्‌किँदा घटना भएको जानकारी दिए । आगलागीबाट लोकबहादुरको पूरै शरीर जलेर घटनास्थल मै सोमबार साँझ मृत्यु भएको उनले बताए । 

लोकबहादुरको परिवारका अन्य सदस्यलाई प्रहरीले तत्काल उद्धार गरेको थियो । आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। क्षतिको अन्य विवरण आउन बाँकी रहेको जनाइएको छ ।  रासस 

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०९:१५
Weather Update