News Griha :: न्यूजगृह
रास्वपा उपाध्यक्ष अर्यालले बोलाए सचिवालय बैठक, थपिएका केन्द्रीय सदस्यको शपथ पनि आजै
रास्वपा उपाध्यक्ष अर्यालले बोलाए सचिवालय बैठक, थपिएका केन्द्रीय सदस्यको शपथ पनि आजै सहप्रवक्ता बाहेक सबै पदाधिकारी सचिवालयमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ । त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको रास्वपाले बताएको छ ।  
प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित
प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औँ मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए । गाब्रिएल जेससले ४५औँ मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो...
कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन
कानुनअनुसार औषधि पसल सञ्चालन गर्न काठमाडौं महानगरपालिकाको निर्देशन काठमाडौं महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत मंसिर २९ गतेभित्र नियमानुसार दर्ता, चिकित्सकको प्रेस्क्रिप्सनबाट मात्रै औषधिको कारोबार गर्न निर्देशन दिएका हुन् ।
हिउँमा बसिरहेका चौंरी
हिउँमा बसिरहेका चौंरी
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुल्यो राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ ।  रजिस्ट्रेसन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडसिटको प्रतिलिपि संलग्न गर्नुपर्ने बोर्डले जनाएको छ ।
मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ?
मिचाउङ सामुद्रिक आँधीको प्रभाव नेपालमा, वर्षाको सम्भावना छ? हाल नेपालमा पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ...
गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, स्वास्थ्य स्थिर
गृहमन्त्री श्रेष्ठको मुटुमा फेरि समस्या, स्वास्थ्य स्थिर उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । मंगलबार बेलुकी गङ्गालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो । गृह मन्त्रालयका अनुसार अहिले उनको अवस्था स्थिर छ ।
सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद छ, सरकारले छानविन गर्नुपर्छ
सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद छ, सरकारले छानविन गर्नुपर्छ सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिदबिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । 
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय, तीन जना जातीय विभेदमा दोषी ठहर 
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय, तीन जना जातीय विभेदमा दोषी ठहर  चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।
नेपाली युवालाई रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ
नेपाली युवालाई रूसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ  प्रहरीले नेपालीलाई अवैध बाटोबाट रुसी सेनामा भर्ती हुन रुस पठाउने गिरोहका १२ जनालाई पक्राउ गरेको छ ।  काठमाडौंको विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरी स्रोतले दाबी छ । स्रोतले भन्यो, 'हालसम्म १२ जना पक्राउ परेका छन् । अझै अनुसन्धान र खोजी जारी छ ।'
किन आक्रोशित भए प्रधानसेनापति शर्मा ?
किन आक्रोशित भए प्रधानसेनापति शर्मा ? नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफू सङ्गठनप्रति कटिबद्ध रहेको बताएका छन् । गण र गुल्मका कमान्डरका लागि मंगलबार जंगी अड्डामा आयोजित ओरिएन्टेसन कार्यक्रममा शर्माले व्यक्तिगत स्वार्थलाई लिएर संगठन प्रतिकुल गतिविधि गर्नेलाई कारबाही हुने चेतावनी दिए ।
स्टिल्केसद्वारा काठमाडौंमा प्रमुख डिलर शोरुम सुचारु
स्टिल्केसद्वारा काठमाडौंमा प्रमुख डिलर शोरुम सुचारु कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।
Weather Update