एनसेल खरिदबिक्री प्रकरण छानबिन गर्न समिति गठन बिहीबार, मंसिर २१, २०८०

काठमाडौंमा बिहानैदेखि बदली, पानी पर्ने सम्भावना छ? बिहीबार, मंसिर २१, २०८० काठमाडौंमा बिहानैदेखि मौसम बदली भएको छ । बादल लागेका कारण घाम लागेको छैन ।

कवाडी गोदाममा आगलागी : मृत्यु हुनेको संख्या तीन पुग्यो, आगलागीको कारण चुरोट बिहीबार, मंसिर २१, २०८० विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा बुधबार दिउँसो आगलागीमा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । काठमाडौंमा उपचारका क्रममा सुनिता कामतको मृत्यु भएको हो । आगलागीमा परी घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको थियो । कामतको बुधबार राति ८:२५ मा उपचारकै क्रममा मृत्यु भएको हो ।

बीआरआई परियोजनाबाट बाहिरियो इटाली बिहीबार, मंसिर २१, २०८० इटालीले आधिकारिक रूपमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना छोडेको छ । इटाली पहिलो पटक सन् २०१९ मा यस परियोजनामा सामेल भएको थियो । यो परियोजना मार्च २०२४ मा सकिँदै थियो । इटालीले यस अवधिभन्दा तीन महिनाअघि चीनलाई सूचना दिएको थियो ।

बेलायतमा पोर्न वेबसाइट हेर्न अनुहार स्क्यानिङ अनिवार्य बिहीबार, मंसिर २१, २०८० बेलायतको मिडिया एण्ड कम्युनिकेसन रेगुलेटरी अथोरिटी अफकमले पोर्न वेबसाइट हेर्नेका लागि ६ नयाँ र कडा नियम बनाएको छ । १८ वर्ष मुनिका व्यक्तिले त्यस्ता वेबसाइट ‘लगअन’ नगरून् भनेर यस्तो नयाँ नियम ल्याइएको बेलायतका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता बिहीबार, मंसिर २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

अमेरिकाको लसभेगासमा गोली चल्दा ३ जनाको मृत्यु, आक्रमणकारी पनि मारिए बिहीबार, मंसिर २१, २०८० प्रहरी कारबाहीमा सन्दिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएको हो ।

पशुपतिनाथ मन्दिर आसपास एक साताका लागि मासु तथा मदिरा बिक्री र सेवनमा रोक बिहीबार, मंसिर २१, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा यो नियम लागू हुने जनाएको छ ।

हिमालको मनोरम दृश्य बिहीबार, मंसिर २१, २०८०

शीर्ष नेताबीच भेटवार्ता, के भयो छलफल ? बिहीबार, मंसिर २१, २०८० नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको हो ।

यी प्रदेशमा हुनेछ आज वर्षा र हिमपात बिहीबार, मंसिर २१, २०८० देशका केही भूभागमा बिहीबार हिमपात र वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र तराईमा हुस्सु लाग्ने भएकाले चिसो महसुस हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभरको तापक्रममा गिरावट आउन सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्क हुन पनि...

एमाले नेता ऐन महरको भाइलर संवाद : साइबर ब्युरोमा उजुरी बुधबार, मंसिर २०, २०८० नेकपा एमाले नेता तथा केन्द्रीय सदस्य ऐन महर र एक महिलाबीच भएको अडिओ संवादको अडिओ प्रकरण प्रहरीको साइबर ब्युरोमा पुगेको छ । महर जोडिएको एउटा अडिओ सामाजिक सञ्जालमा केहिदिनदेखि भाइरल छ ।

आरती साह प्रकरणः उच्चको आदेश उल्टियो, श्रीमानलाई थुनामा पठाउन सर्वोच्चको आदेश बुधबार, मंसिर २०, २०८० सर्वोच्च अदालतले धनुषाकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।









