रुसी सेनामा भर्ना हुन भूपू सैनिकदेखि बहालवाला प्रहरीसम्म लालायित बुधबार, मंसिर २०, २०८०

रुसी सेनामा भर्ती गराउने भन्दै नेपालीलाई ठग्ने गिरोहका १२ जना सार्वजनिक बुधबार, मंसिर २०, २०८० नेपालीलाई रुसी सेनामा भर्ती गराइदिन्छौं भन्दै ठगी गर्ने गिरोहका १२ जनालाई काठमाडौं प्रहरीले बुधबार सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्रबहादुर खत्रीका अनुसार छानबिनपछि विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरिएको हो ।

कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु बुधबार, मंसिर २०, २०८० विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै बुधबार, मंसिर २०, २०८० राष्ट्र बैंकले नेपालमा यो वर्ष आर्थिक वृद्धि ४ देखि ५ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको छ । संघीय संसद्को अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको जानकारी दिएका...

कोकाकोला नेपालले ल्यायो ‘कोक बडी’ एप बुधबार, मंसिर २०, २०८० कोकाकोला नेपालले ‘कोक बडी’ एप सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार एक कार्यक्रमकाबीच कम्पनीले मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप ल्याइएको कम्पनीले जनाएको छ ।
डेढ किलो गाँजासहित २ जना पक्राउ बुधबार, मंसिर २०, २०८० जिल्लाको पोखरा महानगरपालिका–१४ नयाँपुलबाट अवैध लागूऔषध गाँजा १ किलो ५ सय ग्रामसहित सोही महानगरपालिका– १४ समिनतारा बस्ने २० वर्षीय पूर्ण तामाङसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सडक संघर्ष गर्ने तयारीमा राप्रपा बुधबार, मंसिर २०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जनजिविका, राष्ट्रियता र आफ्ना मूल मुद्दालाई लिएर सडक संघर्ष गर्ने तयारीमा जुटेको छ । अबको केही दिनमा जनजिविका, राष्ट्रियता, र आफ्ना मूल मुद्दासँग सम्बन्धित विषयलाई लिएर सडक सङ्घर्षमा आउने कार्यक्रमको तयारीमा रहेको पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

मेसी ‘एथलेट अफ दि इअर’ बुधबार, मंसिर २०, २०८० अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथलेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा मेजर सकर लिग टोली इन्टर मायमीमा अनुबन्ध भएका मेसीले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।

एनसेलको शेयर खरिदबिक्रिमा अनियमितता भएको भन्दै रास्वपाको ध्यानाकर्षण बुधबार, मंसिर २०, २०८० रास्वपाले बुझाएको ध्यानाकर्षणपत्रमा आजियटाका प्रमुख कार्यकारी, एनसेलका नेपाली मूलका साझेदारी, अर्थमन्त्री, सञ्चारमन्त्री, लगानी बोर्डका प्रमुख कार्यकारी, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतका समितिमा बोलाइ सोधपुछ गर्न माग गरिएको छ ।
![शेयर खरिदबिक्री प्रकरण : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? [पत्रसहित]](https://newsgriha.com/uploads/posts/ncell-1701706495.jpeg)
शेयर खरिदबिक्री प्रकरण : एनसेलले प्राधिकरणलाई पठाएको पत्रमा के छ? [पत्रसहित] बुधबार, मंसिर २०, २०८० एनसेल आजियटाको शेयर खरिदबिक्री प्रक्रियामा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ एनसेलले पठाएको छ । मंसिर १३ मा घोषणा भएको एनसेलको ८० प्रतिशत शेयर स्वामित्व हस्तान्तरण प्रक्रिया सम्बन्धमा प्रश्न उठाउँदै प्राधिकरणले मंसिर १४ मा एनसेललाई पत्र पठाएको थियो ।

शिक्षकले विद्यार्थीलाई निर्घात कुटे, आक्रोशित स्थानीयले विद्यालयमा ताला लगाए बुधबार, मंसिर २०, २०८० जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजिकुमार आचार्यले कुटपिट गर्नेविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए । कुटपिट गर्ने शिक्षक फरार छन् ।

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ? बुधबार, मंसिर २०, २०८० सुनको भाउ हिजो मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।
![न्युरोडबाट करिब ७ किलो सुन बरामद [अपडेट]](https://newsgriha.com/uploads/posts/gold-airport1692016568.jpg)
न्युरोडबाट करिब ७ किलो सुन बरामद [अपडेट] बुधबार, मंसिर २०, २०८० सुनसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेको न्युरोडमा सुन गाल्ने कारखाना छ ।









