१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो टोली पाकिस्तानको सामना गर्ने शुक्रबार, मंसिर २२, २०८०

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो शुक्रबार, मंसिर २२, २०८० प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ ।

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित २ जना पक्राउ शुक्रबार, मंसिर २२, २०८० पक्राउ पर्नेमा ४५ वर्षीय चन्द्र घले रहेका त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । बिहीबार राति ११:५६ बजे फ्लाइ दुबईको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको हो । घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए ।

आजको मौसम : कोशीमा हल्का वर्षा, तराईमा हुस्सु शुक्रबार, मंसिर २२, २०८० हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कलाकार प्रकाश ढकाल मृत भेटिएको घटनामा चारजना पक्राउ बिहीबार, मंसिर २१, २०८० जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार ढकाललाई बेनिघाट-रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरको सडकमा रातिको समयमा अलपत्र छाडेर हिँड्ने बस चालकसहित चारजनालाई पक्राउ गरिएको हो ।

काठमाडौं महानगरमा प्लास्टिकका क्रिसमस-ट्री राख्न नपाइने बिहीबार, मंसिर २१, २०८० बिहीबार महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस-ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाए जफत गर्ने महानगर प्रहरी बलका नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।

एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश, दुबै पक्षलाई छलफलमा बोलायो बिहीबार, मंसिर २१, २०८० उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि बिहीबार, मंसिर २१, २०८० नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५२ दशमलव ७७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५८ अङ्कले उकालो लागेर तीन सय ५२ दशमलव २८ मा पुगेको छ ।

ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल बिहीबार, मंसिर २१, २०८० मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तरक्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताए । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उनको भनाइ थियो ।

अमेरिका पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एकजना पक्राउ बिहीबार, मंसिर २१, २०८० रमेशले गणेश अधिकारीसमेत ५ लाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति ४५ लाख रुपैयाँ लाग्छ, अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ६४ लाख ४५ हजार रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य तीन नाइकेको सरुवा बिहीबार, मंसिर २१, २०८० सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो ।

नक्कली भुटानी शरणार्थी : सन्दीप रायमाझीसहित ६ जना रिहा बिहीबार, मंसिर २१, २०८० नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए ।

अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय बिहीबार, मंसिर २१, २०८० मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा/नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।









