News Griha :: न्यूजगृह
१९ वर्षमुनिको एसिया कपमा आज नेपालले बलियो टोली पाकिस्तानको सामना गर्ने

काठमाडौं— यूएईमा आजदेखि सुरु हुने १९ वर्षमुनिको एकदिवसीय एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गर्दैछ । 

खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे दुबईको आईसीसी ओभल क्रिकेट मैदानमा सुरु हुनेछ । आजै अर्को खेलमा अफगानिस्तानले भारतीय टोलीको सामना गर्दैछ । 

पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देशको सहभागिता छ । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा छन् भने यूएई, जापान, श्रीलंका र बंगलादेश समूह ‘बी’मा छन् । 

एसिया कपलाई आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकप खेलको तयारीको रूपमा पनि हेरिएको छ ।  अहिले सहभागी टिममध्ये यूएई र जापान बाहेकका सबै टोलीले विश्वकप खेल्नेछन् । विश्वकपमा नेपालको समूह ‘डी’मा छ, जहाँ न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् ।  नेपालले पछिल्ला ११ अन्तर्राष्ट्रिय यू–१९ खेलमा अपराजित रहँदै दुई उपाधि जितेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ०९:१२
Weather Update