News Griha :: न्यूजगृह
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झर्‍यो, जाडोले जनजीवन प्रभावित
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झर्‍यो, जाडोले जनजीवन प्रभावित जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
साथीको अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने किशोर पक्राउ
साथीको अश्लील भिडिओ बनाएर ब्ल्याकमेल गर्ने किशोर पक्राउ पोखरा-२७ बस्ने किशोरले फेक आईडीबाट गरेको हर्कतको उजुरी कास्की प्रहरीसम्म पुग्यो । प्रहरीले अनुसन्धान गर्दै गयो, अन्ततः किशोर पक्राउ परे । उनले किशोरीको तस्बिर र भिडिओ उनका आफन्तलाई पठाइदिने भन्दै ब्ल्याकमेल गरेका थिए । 
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ
ठगी आरोपमा वडा सदस्यसहित ४ जना पक्राउ पक्राउ पर्नेमा पोखरा महानगरपालिका-६ का वडा सदस्य ४२ वर्षीय दिपेन्द्र पहारी, लेकसाइड बैदामका ४१ वर्षीय विकास पहारी, बैदाम कै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बराल छन् ।
पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम अनुमोदन, रोनाल्डो नेपाल ल्याएर फुटबल खेलाउने
पोर्चुगलका लागि नेपाली राजदूतमा सनिल नेपालको नाम अनुमोदन, रोनाल्डो नेपाल ल्याएर फुटबल खेलाउने संसदीय सुनुवाइ समितिको बैठकले पोर्चुगलको राजदूत पदमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । आज बसेको समिति बैठकले नेपाललाई राजदूत नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अनुमोदन गरेको समिति सदस्य पशुपति शमशेर जबराले जानकारी दिए । 
दुर्गा प्रसाईँको घाँटीमा समस्या, 'भ्वाइस रेस्ट'मा रहने
दुर्गा प्रसाईँको घाँटीमा समस्या, 'भ्वाइस रेस्ट'मा रहने देशव्यापी अभियानका क्रममा धेरै बोल्दा घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्नुपरेको उनको सचिवालयले जनाएको छ ।
रिहा भए आचार्य श्रीनिवास
रिहा भए आचार्य श्रीनिवास मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुँदा उनलाई प्रहरीले गौशालाबाट गत मंसिर ११ मा पक्राउ परेका थिए । प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा श्रीनिवास पक्राउ परेका थिए । 
एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेश सिंहले दिए सर्वोच्चमा रिट
एनसेल बिक्री रोक्न माग गर्दै सांसद अमरेश सिंहले दिए सर्वोच्चमा रिट सांसद सिंहले मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनीलाई गरेको भनिएको बिक्री रोक्न माग गर्दै रिट दायर गरेका हुन् । आगामी आइतबार रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ ।
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको   
त्रिभुवन विमानस्थलबाट बरामद १४ किलो सुन २४ क्यारेटको    भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन २४ क्यारेटकै भएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।  भन्सार कार्यालयले उक्त सुन सहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।  
यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल 
यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल  संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । 
अहिले देखिएको आक्रोश व्यवस्थाप्रति होइन, हामीप्रति हो : कोइराला
अहिले देखिएको आक्रोश व्यवस्थाप्रति होइन, हामीप्रति हो : कोइराला नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोश व्यवस्थाप्रति नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिक दलका नेताहरूको गतिविधिका कारण आक्रोश पैदा भएको बताए ।
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो
राज्य व्यवस्था समितिले प्रधानसेनापतिलाई बोलायो फास्ट ट्र्याक लगायतका विषयमा छलफल गर्न समितिले आगामी मंसिर २७ गते प्रधानसेनापति शर्मालाई बोलाएको हो । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्नेसमेत समितिले जनाएको छ । 
यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको झिनो चुनौती
यू-१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको झिनो चुनौती यूएईमा सुरु भएको यू–१९ एसिया कप अन्तर्गत पहिलो म्याचमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई १५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानका जिसन खान एक्लैले ६ विकेट लिएपछि नेपालको ब्याटिङ धराशायी भयो ।
Weather Update