News Griha :: न्यूजगृह
यू–१९ एसिया कप क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्ने 
यू–१९ एसिया कप क्रिकेट : नेपालले टस जित्यो फिल्डिङ गर्ने  एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जिती अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको हो । दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले आइतबारको खेल जित्नै पर्ने दबाबमा छन् ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । अन्तिम सुनुवाइका लागि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।
हिउँले ढाकेको तिलिचो ताल
हिउँले ढाकेको तिलिचो ताल
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद, तीन जना पक्राउ   
त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद, तीन जना पक्राउ     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए ।
हुम्लाका तीनवटा गाउँ प्राकृतिक लकडाउनमा
हुम्लाका तीनवटा गाउँ प्राकृतिक लकडाउनमा लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक लकडाउनमा परेका छन् । सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने जनाइएको छ । हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ । यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको...
गाजामा भोकमरी बढ्दै, १० मध्ये नौ जनाले दैनिक खाना पाउँदैनन् 
गाजामा भोकमरी बढ्दै, १० मध्ये नौ जनाले दैनिक खाना पाउँदैनन्  गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसंख्या भोकले मरिरहेको चेतावनी दिएका छन् ।
यू–१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै 
यू–१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै  यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।  खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।
अर्घाखाँचीमा गिटी बोकेको ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु  
अर्घाखाँचीमा गिटी बोकेको ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु   अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
पुटिनको मध्यपूर्व भ्रमणले कूटनीतिक क्षेत्र तरंगित
पुटिनको मध्यपूर्व भ्रमणले कूटनीतिक क्षेत्र तरंगित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा तरंग पैदा गरेको छ । यो भ्रमणको कूटनीतिक क्षेत्रमा निकै चर्चा भइरहेको छ । पुटिनको मध्यपूर्वको भ्रमण लगत्तै इरानी राष्ट्रपति इब्राहिम रायसी पनि रुस पुगेका छन् । यस अवधिमा रुस र इरानबीचको पर्सियाली खाडीमा तनावदेखि इजरायल–प्यालेस्टाइन युद्ध,...
प्रधानमन्त्री दाहाल र मधेस सरकारका प्रतिनिधिबीच छलफल
प्रधानमन्त्री दाहाल र मधेस सरकारका प्रतिनिधिबीच छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्था बमोजिमका संघीय कानुनहरू निर्माणको विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
धादिङ केन्द्र भएर भूकम्प
धादिङ केन्द्र भएर भूकम्प धादिङ केन्द्रबिन्दुभएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास रहेको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  थप विवरण आउन बाँकी छ । 
दुर्घटनामा लेखापाल र शिक्षकको मृत्यु, अर्का शिक्षक घाइते
दुर्घटनामा लेखापाल र शिक्षकको मृत्यु, अर्का शिक्षक घाइते चितवनको माडीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको गाडीले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Weather Update