News Griha :: न्यूजगृह
यू–१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै 

काठमाडौं— यूएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । 

खेल दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । समूह ए मा पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जित निकाल्ने लक्ष्यमा छन् ।

 पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल आजको खेल जित्दै सेमिफाइनल सम्भावना कायम राख्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । उत्तम थापा मगरले अर्धशतक बनाएपछि ब्याटिङमा नेपालको प्रदर्शन कमजोर थियो । 

अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो । समूह ए अन्तर्गत आजै अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:५३
Weather Update