News Griha :: न्यूजगृह
गाईघाटमा भीषण आगलागी, करोडौँको क्षति
गाईघाटमा भीषण आगलागी, करोडौँको क्षति आगलागी हुनासाथ त्रियुगा नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्न खोजे पनि आगो नियन्त्रणमा नआएपछि रौतामाई गाउपालिका र चौदण्डीगढी नगरपालिकाको दमकलबाट चार घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।
२९ तोला सुनसहित बर्दियाबाट २ जना पक्राउ
२९ तोला सुनसहित बर्दियाबाट २ जना पक्राउ शनिबार पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूमाथि आवश्यक कारवाहीका लागि राजापुरस्थित भन्सार कार्यालय पठाइएको बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए ।  
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै
अस्पतालले मृत घोषणा गरेका व्यक्ति जीवितै अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमै राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ...
आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छरिँदै
आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छरिँदै यसअघि आइतबार साँझ श्रद्धालु पितृका दीप बाली रातभर जाग्राम बसेका थिए । त्रयोदशीका साँझ विधिपूर्वक संकल्प गरी महादीप बाली रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन बिहानै नदीमा बत्ती बगाउने परम्परा छ ।
मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हिमपातको सम्भावना
मौसम पूर्वानुमानः यी तीन प्रदेशमा हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत अद्यावधिक गरेको छ ।
हङकङ ट्रेल रेसमा नेपालकी धाविका सुनमायाको नयाँ कीर्तिमान 
हङकङ ट्रेल रेसमा नेपालकी धाविका सुनमायाको नयाँ कीर्तिमान  हङकङमा आयोजित साहसिक खेल अल्ट्रा ट्रेल रेसमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् । बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी हुन् । हङकङको न्यू टेरिटोरीस्थित ताइमेई तू बाट गत शुक्रबार राति १० बजे सुरु भएको एक सय किलोमिटरको दूरी बुढाले १४ घण्टा...
कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु
कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 
एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु
एनसेल शेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिने उल्लेख छ । 
यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित
यू–१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातार विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो ।
प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा
प्रधानमन्त्रीको सल्लाहकारबाट हरिबोल गजुरेलको राजीनामा तर राजीनामा दिनुपर्ने कारणबारे उनले केही खुलाएनन् । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्री प्रचण्डले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाएका थिए ।
ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर
ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यु वन्स । भ्यु वन्स फिचर एपमा पहिला पनि थियो । सन् २०२१ मा फोटो र भिडिओको लागि यो फिचर ल्याइएको थियो ।
शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक
शेखर कोइरालाले बोलाए आफू पक्षीय नेताहरूको बैठक कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । बैठकमा आफू पक्षीय केन्द्रीय सदस्य, प्रतिनिधि र राष्ट्रिय सभा सांसद, प्रदेश सभापति लगायतलाई बोलाइएको छ ।
Weather Update