News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर

काठमाडौं— म्यासेजिङ एप ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचर ल्याइरहेको छ ।

एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यु वन्स । भ्यु वन्स फिचर एपमा पहिला पनि थियो । सन् २०२१ मा फोटो र भिडिओको लागि यो फिचर ल्याइएको थियो ।

Prabhu Bank

अब भने भ्वाइस म्यासेजमा पनि यो सुविधा आएको छ । अर्थात् तपाईँले एक पटक सुन्ने बित्तिकै भ्वाइस म्यासेज आफैँ डिलिट हुनेछ । भ्वाइस म्यासेजलाई थप ‘प्राइभेट’ बनाउन यो फिचर थपिएको हो ।

भ्यु वन्स भ्वाइस म्यासेजमा हरियो रङ्गको लोगो हुनेछ । तपाईँले एक पटक भ्यु वन्स म्यासेज खोलिसक्नु भएको छ भने म्यासेज स्वतः डिलिट हुन्छ । फेरि सुन्न सकिन्न । यस्तो म्यासेजलाई अरुलाई फर्वार्ड गर्न पनि मिल्दैन ।

अरु त अरु पठाउनेले पनि यसलाई अरुलाई पठाउन सक्ने छैनन् । पठाउनै पर्‍यो भने प्रेषकले म्यासेजलाई दोहोर्याएर रेकर्ड गरेर शेयर गर्नु पर्नेछ । ह्वाट्स एपले भ्वाइस म्यासेजलाई भ्यु वन्सको लिमिटमा सेट गरिदिएको छ ।

कम्पनीको आधिकारिक ब्लग पोस्टका अनुसार भ्यु वन्सको रुपमा पठाइएको भ्वाइस म्यासेज पठाइएको १४ दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि यो डिलिट हुनेछ । प्रेषकले पनि भ्वाइस म्यासेजलाई पठाएपछि सुन्न सक्दैन । तर, पठाउनु अघि प्रिभ्यु गर्ने अप्सन चाँहि हुन्छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:५६
Weather Update