एम्बुलेन्समार्फत चरेस ओसारपसार, चालक पक्राउ सोमबार, मंसिर २५, २०८०

३०० भन्दा बढी शय्या भएका अस्पताललाई एमबीबीएस पढाउन दिने सरकारको तयारी सोमबार, मंसिर २५, २०८० स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा लागेको बताएका छन् । सोमबार चितवनमा पत्रकारसँग उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको जानकारी दिए । चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले नेपालमा स्वास्थ्य शिक्षा जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेको मन्त्री बस्नेतको भनाइ थियो ।

रुसी सेनामा २ सय नेपाली रहेछन्, युक्रेनी सेनामा पनि भेटिए : प्रधानमन्त्री प्रचण्ड सोमबार, मंसिर २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा कम्तीमा पनि २ सयजना भन्दा नेपाली कार्यरत रहेको बताएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले युक्रेनविरुद्ध युद्ध लडिरहेको रुसी सेनामा २ सय भन्दा धेरै नेपाली रहेको तथ्यांक पाइएको उल्लेख गरे ।

बेइजिङमा उच्च हिमपात, सडक र हवाई यातायात प्रभावित सोमबार, मंसिर २५, २०८० सोमबार बिहान ७ बजेसम्म बेइजिङका १८० भन्दा बढी बस रुटहरू बन्द भएका थिए । हिउँ सफा गर्न करिब ६३ हजार कामदारको व्यवस्था गरिएको छ र हिउँ हटाउने र सडकको बरफ हटाउन ६ हजार ६०० भन्दा बढी सवारी साधन र अन्य उपकरण लगाइएको छ ।

प्रभासको फिल्म ‘सलार’मा मेनुका पौडेलले गाइन् गीत सोमबार, मंसिर २५, २०८० आइतबार राति प्रसारित ‘इन्डियन आइडल’ मा मेनुकाले गीत गाउने अवसर पाएको जानकारी दिएकी हुन् । हाल मेनुका इन्डियन आइडलकी प्रतिस्पर्धी छन् ।

छोरासँगको रिसले आमाको हत्या गर्ने युवक पक्राउ सोमबार, मंसिर २५, २०८० इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको हो । आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेको उल्लेख गर्दै प्रहरीले छोरासँग पुरानो रिसइबीका कारण घटना भएको जनाएको छ ।

निलम्बित एमाले सांसद कोइरीलाई पक्राउ गर्न माग गर्दै पीडित परिवार काठमाडौंमा, न्याय नपाएसम्म नफर्किने सोमबार, मंसिर २५, २०८० निलम्बित प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न माग गर्दै मृतक सशस्त्र प्रहरीका असई थमन बिकको परिवार काठमाडौं आएको छ । मृतक सशस्त्र प्रहरीका असई थमन बिककी पत्नी शोभा र भाउजू कमला काठमाडौं आएका हुन् । एमालेबाट चुनाव जितेका कोइरीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

जेलमा रहेकी नरगिस मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार प्रदान सोमबार, मंसिर २५, २०८० इरानको जेलमा रहेकी इरानी अभियन्ता नरगिस मोहम्मदीले यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । नर्गिसको तर्फबाट उनका छोराछोरीले आइतबार नर्वेको राजधानीमा आयोजित एक समारोहमा यस वर्षको नोबेल शान्ति पुरस्कार ग्रहण गरेका हुन् ।
५ सय रुपैयाँले घट्यो सुनको भाउ सोमबार, मंसिर २५, २०८० आइतबार १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५ सय रुपैयाँले घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ठेक्का लिएर काम नगर्ने १२ कम्पनी कालोसूचीमा सोमबार, मंसिर २५, २०८० सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने, पटकपटक ताकेता गर्दा पनि अटेर गर्ने कम्पनीलाई कालोसूचीमा राखेको हो ।

भारतीय भूमिमा विराटनगरका युवकमाथि गोली प्रहार सोमबार, मंसिर २५, २०८० विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।

बार्सिलोनालाई पराजित गर्दै जिरोना ला लिगाको शीर्ष स्थानमा सोमबार, मंसिर २५, २०८० बार्सिलोनालाई ४-२ ले पराजित गर्दै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो ।
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, मंसिर २५, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४ पैसा र बिक्री दर...









