मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन, ५ हजार १८८ निवेदन फर्छ्यौट मंगलबार, मंसिर २६, २०८०

विस्फोटक पदार्थका चुनौतीबारे सरकार किन उदासीन? मंगलबार, मंसिर २६, २०८० द्वन्द्वको दशक लामो कालखण्ड पार गरेर मुलुक नयाँ राजनीतिक व्यवस्थामा प्रवेश गरेकाले बारुदी सुरुङ र विस्फोटक पदार्थका चुनौतीहरूका विषयमा सरकार उदासीन बन्न नहुने सांसदहरुले बताएका छन् ।राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मंगलबार सांसद सदस्यहरूले यो विषयमा बहस गरेका हुन् ।

वायु सेवा निगमका अधिकृत पक्राउ मंगलबार, मंसिर २६, २०८० नक्कली कागजात एवं प्रमाणपत्र बनाएर भिजिट भिसामा खाडी मुलुक पठाइदिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई पठाएबापत १० हजार रुपैयाँ पाउने गरेको प्रहरीले बताएको छ ।

सुन तस्करी प्रकरणका अभियुक्तलाई छुटाउने भन्दै ठगेको आरोपमा दुई जना पक्राउ मंगलबार, मंसिर २६, २०८० भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । भोजपुर घर भई नागार्जुन नगरपालिका-१ रानीवन बस्ने...
![नायिका रेखा थापाको ‘बेबी बम्प’ [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/rekha-thapa-baby-bump-1702382482.jpg)
नायिका रेखा थापाको ‘बेबी बम्प’ [फोटो फिचर] मंगलबार, मंसिर २६, २०८०

वीरगञ्जका मेयर र उपमेयर समर्थकबीच कार्यालयमै कुटाकुट मंगलबार, मंसिर २६, २०८० महानगर परिसरको दक्षिणपट्टिको भवनको नवनिर्मित तेस्रो तल्लामा केही दिन अगाडि मेयर राजेशमान सिंहको कार्यालय सरेको थियो । मेयर सिंहको कार्यालय सरेपछि उनको पुरानो खाली भएको कार्यालयमा कार्यकारी अधिकृतको कार्यालय सारिएको थियो । यसअघि कार्यकारी अधिकृतको कार्यालय उपमेयरको कार्यालयसँग टाँसिएको थियो ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा मंगलबार, मंसिर २६, २०८० नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताए ।

शेयर बजार उकालो यात्रामा, मंगलबार ३६.८६ अङ्क बढेर बन्द, चार अर्ब ३० करोडको कारोबार मंगलबार, मंसिर २६, २०८० तीन कारोबार हेर्दा शेयर बजार उकालो यात्रामा देखिएको छ । गत आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अङ्कले घटेको थियो । मंगलबार ३६.८६ अङ्क बढेर बन्द भएको छ ।

चार औषधिको उत्पादन तत्काल रोक्न निर्देशन मंगलबार, मंसिर २६, २०८० औषधि व्यवस्था विभागले चार औषधिको उत्पादन तत्काल नगर्न निर्देशन दिएको छ ।विभागले एसिक्लोफेनेक, लिनाग्लिप्टिन, लिनाग्लिप्टिन एन्ड मेट्फर्मिन र रिभरोक्सबान नामक औषधिको उत्पादन रोक्न निर्देशन दिएको हो ।

यू–१९ एसिया कप क्रिकेट : भारतसँग नेपालको लज्जास्पद हार, प्रतियोगिताबाटै बाहिरियो मंगलबार, मंसिर २६, २०८० नेपालले दिएको ५३ झिनो लक्ष्य भारतले विना कुनै क्षति पुरा गर्यो । भारतले ७.१ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । भारतका ओपनर ब्याट्सम्यान आदर्श सिंहले १३ रन र आश्विन कुलकर्नीले ४३ रन बनाए । उनले ३० बलमा पाँच छक्का र एक चौकाको मदतमा ४३ रन बनाए ।

लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाउनै पर्ने बाध्यता किन आइपर्यो? मंगलबार, मंसिर २६, २०८० ललितपुर महानगरपालिका वडा नम्बर ३ ठाडोढुङ्गा नजिकै एक रेष्टुरेन्टमा लागूऔषध कारोबारी बसेको सूचना पछि सादा पोसाकका प्रहरी त्यहाँ पुगेका थिए । सादा पोसाकका प्रहरीसँग लागूऔषध कारोबारी उदयपुर घर भएका अविनाश राईले ५५ लाख रुपैयाँमा एम्फेटामाइन आइस नामको लागूऔषध बिक्री गर्ने 'डिल' गरेका थिए ।

कोशीका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास मंगलबार, मंसिर २६, २०८० मंगलबार झापाको दमकमा कार्की सवार गाडीमा पहिचान पक्षधरले ढुंगा प्रहार गरेका हुन् । मंगलबार दमक नगरपालिकाले आयोजना गरेको लागूऔषध सम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।

ललितपुरको झम्सिखेलमा गोली चल्यो मंगलबार, मंसिर २६, २०८० ललितपुरको झम्सीखेलमा गोली चलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गोली चलाएको हो । ललितपुर महानगरपालिका–३ ठाडोढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।









